नेपाली राजदूतावास दोहा, कतारले नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन दोहाका स्थानीय, विदेशी नागरिक एवं पर्यटकहरुका लागि लोकप्रिय एवं आकर्षक गन्तव्यको रुपमा विकास भएको भिलाजियो सपिङ मल (Villaggio) मा आजदेखि नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन एक विशेष प्रकारले तयार पारिएको मुक लघु वृत्तचित्रको प्रदर्शन गराउने कार्यका शुभारम्भ गरेको छ ।
आज २०६८ बैशाख १२ गते सोमबारका दिन नेपाल सरकार र कतार सरकारका वीच जनवरी २०, २००८ मा सम्पन्न भएको श्रम सम्झौताको Instruments of Ratification विधिवतरुपमा कतार सरकारको तर्पबाट कतारी परराष्ट्र मन्त्रालयका एशियन अफ्रिकन डिपार्टमेण्टका डाइरेक्टर H.E. Zayed Bin Rasheed Al-Nuaimi र नेपाल सरकारको तर्प बाट कतारका लागि नेपाली राजदूत महामहिम डा. सूर्यनाथ मिश्रबाट एक समारोहका वीच कतारको राजधानी दोहामा आदान प्रदान गर्र्ने कार्य सम्पन्न भएको छ ।